काठमाडौँ । नेपाल राष्ट्र बैंक ले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । निर्धारण गरिएको दरअनुसार एक अमेरिकी डलरको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आवश्यकता अनुसार यी विनिमय दर जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहने जानकारी दिएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार












प्रतिक्रिया