काठमाडौं । गुण्डागर्दी गतिविधिमा संलग्न रहेको आरोपमा नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघका नेता वकिल बम पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने क्रममा बमलाई शुक्रबार राति नियन्त्रणमा लिएको हो। उनी युवा संघको सचिवालय सदस्यका रूपमा संगठनको कार्यालय टिममा सक्रिय रहँदै आएका थिए।

advertisement

हाल बम अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन्। सोही अभियानअन्तर्गत प्रहरीले उनीसहित १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

कालिकोटको पलाता गाउँपालिका स्थायी घर भएका बम पछिल्लो समय काठमाडौंको ठमेल क्षेत्रमा सक्रिय थिए।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com