काठमाडौं। नेपालको प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) ले कार्यभार सम्हालेकोमा अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै बधाई सन्देश पठाएकी छन् । यो जानकारी यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले दिएको हो ।

advertisement

सन्देशमा विदेशमन्त्री वोङले अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको बताएकी छन् ।

यो बधाईले नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com