काठमाडौं। छुट्टाछुट्टै स्थानमा डुबेर दुई जनाको ज्यान गएको छ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका-१ देवस्थल नजिकै भेरी नदीमा डुबेर सोही नगरपालिका-२ औलबेसी बस्ने १६ वर्षीय सेतुराम बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको मेहेलकुना अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो।

advertisement

बाँकेको राप्तीसोनारी गाउँपालिका-६ पदनाह बस्ने राम प्रसाद थारूको छोरा १२ वर्षीय रोहित थारूको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर शुक्रबार साँझ मृत्यु भएको छ। डुबेर अशक्त भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com