काठमाडौं। नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहार तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियानमा चार दिनको अवधिमा २२६ जना लाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले चैत १८ देखि २१ गतेसम्मको अभियानमा उक्त संख्या पक्राउ भएको जानकारी दिएका छन् ।

advertisement

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा गुण्डागर्दी गर्ने, बिचौलियाको काम गर्ने, यातायात तथा मालपोत कार्यालयमा सर्वसाधारणलाई दुःख दिने, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने लगायतका व्यक्तिहरू रहेका छन् ।

दिनगत पक्राउ विवरण यस प्रकार छ :

चैत १८ गते : काठमाडौं उपत्यकाबाट ५१ जना, कोशी प्रदेशबाट १८ जना
चैत १९ गते : कोशीबाट १ जना, मधेस प्रदेशबाट ७ जना, बागमतीबाट २३ जना, गण्डकीबाट २ जना, कर्णालीबाट ११ जना
चैत २० गते : मधेस प्रदेशबाट ८ जना, गण्डकीबाट १० जना, लुम्बिनीबाट ४ जना, सुदूरपश्चिमबाट २ जना
चैत २१ गते : काठमाडौं उपत्यकाबाट ६२ जना

प्रहरीले पक्राउ परेका सबै २२६ जना व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रवक्ता काफ्लेले यो अभियान निरन्तर जारी रहने बताएका छन् ।

यो अभियानले सार्वजनिक स्थल र सरकारी कार्यालयमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न थप सक्रियता देखाएको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com