काठमाडौं । सोविता गौतमले वर्तमान संसद्ले विद्यमान कानुनी रिक्तता पूर्ति गर्दै शासन प्रणालीलाई प्रभावकारी बनाउन निर्णायक भूमिका खेल्नुपर्ने बताएकी छन्।

डोलप्रसाद अर्याललाई सभामुख पदमा समर्थन जनाउने क्रममा बोल्दै उनले संसद्को प्रमुख जिम्मेवारी सरकारलाई जवाफदेही बनाउनु र सुशासन प्रवर्द्धन गर्नु रहेको उल्लेख गरिन्।

advertisement

उनले सरकार र संसदबीच समन्वय सुदृढ भए मात्रै प्रभावकारी शासन सम्भव हुने स्पष्ट पारिन्। साथै, युवापुस्ताको अपेक्षा सम्बोधन हुने गरी संसद्ले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन्।

अनावश्यक विवादमा अल्झिनु भन्दा नीति र काममा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकार र संसद दुवै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखिन्।

यसैबीच, प्रतिनिधि सभामा अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com