काठमाडौं । सरकारले सरकारी कार्यालयको कार्यसमय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालयमा यो समय लागू गर्ने निर्णय गरेको हो। सरकारी प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, शैक्षिक संस्थालाई यस कार्यसमयको सीमा लागू हुँदैन।
उनले भने, ‘शैक्षिक संस्थाबाहेक उल्लेखित सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।’ साथै, पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको असुविधाका कारण सरकारले भोलि (२३ चैत) बाट लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको जनाएको छ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार













प्रतिक्रिया