,काठमाडौ  । बजारलाई स्वच्छ राख्न नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ ।

आइतबार स्थलगत अनुगमनका क्रममा आवश्यक कागजात प्रस्तुत नगरेपछि विभागले ती चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

advertisement

विभागले मेट्रो मार्केट प्रा.लि. इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. महाराजगञ्ज, मेगा मार्ट प्रा.लि. विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि. चक्रपथलाई तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com