काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसन अन्तर्गत विभिन्न स्थानबाट ३० जनालाई पक्राउ गरेको छ।

प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले बताए, “स्वीप अपरेसनमा आज ३० जना पक्राउ परेका छन् भने हिजो ६० जना पक्राउ परेका थियौँ। पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ।”

advertisement

उहाँले थपे कि, विभिन्न घट्नामा संलग्न रहेका व्यक्तिहरूलाई आधारभूत अनुसन्धानको क्रममा पक्राउ गरिएको हो र स्वीप अपरेसन निरन्तर जारी रहनेछ। पक्राउ परेकामध्ये सार्वजनिक स्थलमा शान्ति–सुरक्षा भंग गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, समूहमा भेला भएर गलत गतिविधि वा होहल्ला मच्चाउने व्यक्तिहरू रहेका छन्।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com