काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र व्यवस्थापन कार्यालय र कालिकास्थानस्थित पञ्जीकरण विभागमा आकस्मिक अनुगमन गरेका छन्।

सोमबार बिहान दुवै निकायमा पुगेर मन्त्री गुरुङले सेवा प्रवाहको अवस्था, कर्मचारीहरूको कार्यशैली तथा अनुशासन, साथै वेबसाइट ह्याक भएको विषयबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

advertisement

उनको सचिवालयका अनुसार परिचयपत्र वितरण प्रक्रियामा भइरहेको ढिलाइ र सेवाग्राहीले भोग्दै आएको झन्झटलाई छिटो, सहज र प्रभावकारी बनाउने विषयमा मन्त्री गुरुङले विशेष ध्यान दिएका छन्।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com