काठमाडाैं । पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा रहेको एक विवादित जग्गा यतिबेला चर्चामा आएको छ। उक्त जग्गा गृहमन्त्री सुदन गुरुङ ले लिजमा लिएको भनिएको छ।
फेवाताल संरक्षण अभियान तीव्र पारिएको अवस्थामा सो क्षेत्रमा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। स्थल निरीक्षणका क्रममा उक्त संरचनामा तालाबन्दी गरिएको देखिएको छ भने वरिपरि झाडीले ढाकिएको अवस्था छ।

स्थानीय स्रोतका अनुसार उक्त जग्गा फेवाताल को मापदण्डभित्र पर्ने देखिएको छ। त्यहाँ हालै महानगरपालिकाले गाडेको सीमा स्तम्भसमेत भेटिएको छ, जसले संरचना नियमविपरीत हुन सक्ने आशंका थप बलियो बनाएको छ।
यसैबीच, महानगरपालिकाले फेवाताल क्षेत्रको अतिक्रमण हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि टहरा तथा अस्थायी संरचना हटाउन डोज
र चलाएको थियो। अभियानलाई ताल संरक्षणका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
विवादित जग्गाबारे गृहमन्त्री गुरुङले भने आफू ठगिएको दाबी गरेका छन्। उनले उक्त जग्गा लिज प्रक्रियामा अनियमितता भएको आशंका व्यक्त गर्दै यस विषयमा कानुनी उपचार खोज्ने बताएका छन्।
फेवाताल वरपरको अतिक्रमण हटाउने अभियानसँगै सार्वजनिक पदाधिकारीसँग जोडिएको यस्तो विषय बाहिर आएपछि स्थानीय तहमा चासो बढेको छ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया