पाल्पा। रामपुर नगरपालिका–३ गैलुकमा बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
मृतक रामपुर नगरपालिका–४ बांगेपसलका ५२ वर्षीय टेकबहादुर आले रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार सोमबार स्थानीय दुर्गबहादुर मल्ल ठकुरीको बारी जोत्दै गर्दा लु ३ त ७२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा अचानक पल्टिएको थियो । ट्याक्टर पल्टिँदा चालक आलेलाई ट्याक्टरले च्यापेको थियो ।
घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार













प्रतिक्रिया