काठमाडौं । सुधन गुरुङ आज काभ्रेपलाञ्चोक जिल्लाको रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाने भएका छन्।

हरेक वर्ष वर्षायाममा आउने बाढीका कारण स्थानीय बासिन्दाले ठूलो सास्ती र क्षति बेहोर्नुपरेको गुनासो बढेपछि गृहमन्त्री वस्तुस्थिति बुझ्न त्यसतर्फ जान लागेका हुन्।

advertisement

काभ्रेपलाञ्चोकस्थित रोशी खोला मा आउने बाढीले बर्सेनि आसपासका बस्ती र खेतीयोग्य जमिनमा गम्भीर क्षति पुर्‍याउँदै आएको छ। वर्षातका समयमा हुने जनधनको क्षति र स्थानीयले भोग्नुपरेका समस्याबारे निरन्तर उजुरी आएपछि गृहमन्त्रीले टोलीसहित प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था तथा उच्च जोखिममा रहेका बस्तीहरूको विस्तृत जानकारी लिनेछन्।

स्थलगत निरीक्षणपछि गृहमन्त्री सुधन गुरुङ ले पूर्वाधार संरक्षण तथा दीर्घकालीन सुरक्षाका उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई आवश्यक तयारी र समन्वयका लागि निर्देशन दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com