काठमाडौं। अब नेपाल टेलिकम का ग्राहकले डेटा प्याक सकिएपछि स्वतः ब्यालेन्स काटिने झन्झटबाट मुक्ति पाउने भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकमले यो व्यवस्था हटाउने निर्णय गरेको हो । सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाको निर्देशनअनुसार डेटा प्याक ९० प्रतिशत खपत भएपछि ग्राहकलाई सूचना पठाइने र त्यसपछि मात्र ‘पे–एज–यू–गो’ विकल्पमार्फत इन्टरनेट चलाउने वा नयाँ प्याक खरिद गर्ने छनोट गर्न सकिने भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार यो नयाँ प्रणाली हाल परीक्षण चरणमा छ र छिट्टै पूर्ण रूपमा लागू गरिने छ ।
यसैगरी, मन्त्रालयले ‘वान टाइम केवाईसी’, ई–सिम र गुनासो व्यवस्थापन जस्ता सेवाहरू पनि अनलाइनमार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ । सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण र डिजिटल विस्तारलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।
यो सुधारले टेलिकमका लाखौं ग्राहकलाई राहत दिने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया