काठमाडौं। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

advertisement

गत वर्ष तत्कालीन सरकारले राष्ट्र बैंकको गभर्नर बनाउने आश्वासन दिएपछि डा. भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, उनलाई गभर्नर बनाइएन । उनको राजीनामा समेत अस्वीकृत भएपछि उनी गभर्नर बन्नबाट वञ्चित भएका थिए ।

कांग्रेस र एमालेबीच गभर्नरमा भट्टलाई लैजाने सहमति भए पनि कामु गभर्नर निलम ढुंगानाले उनको राजीनामा अस्वीकृत गरेकी थिइन् । गभर्नरको दौडमा रहेकी ढुंगानाले आफ्नो प्रतिस्पर्धा घटाउनकै लागि यस्तो गरेको आरोप लागेको थियो ।

भट्टको राजीनामा अस्वीकृत भएपछि गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको थियो । त्यसपछि भट्टको सट्टा विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको थियो ।

अब डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com