काठमाडौं । सुधन गुरुङ ले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

रोशी खोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननका कारण बाढी र पहिरोको जोखिम बढेको तथा यसतर्फ प्रभावकारी रूपमा कसैले ध्यान नदिएको भन्दै गृहमन्त्री गुरुङले गम्भीर चासो व्यक्त गरेका हुन्।

advertisement

काभ्रेको रोशी खोला क्षेत्रमा स्थलगत निरीक्षणका क्रममा उनले विगतमा केही राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा क्रसर सञ्चालन गर्न दिएको आरोप लगाउँदै अब त्यस्ता गतिविधि पूर्ण रूपमा रोक्ने स्पष्ट पारे।

गृहमन्त्री सुधन गुरुङ ले प्राकृतिक स्रोतको दोहनका कारण स्थानीय बस्तीहरू उच्च जोखिममा परेको उल्लेख गर्दै यस्ता अवैध उत्खनन नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

उनले बाढी–पहिरो नियन्त्रण, वातावरण संरक्षण तथा स्थानीय नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com