काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डित ले मंगलबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका छन्। गभर्नर प्रा‍.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएपछि उनले सोही दिन पदबहाली गरेका हुन्।

नेपाल सरकारको २०८२ चैत २४ गतेको निर्णयअनुसार डेपुटी गभर्नरमा नियुक्त भएका पण्डितसँग राष्ट्र बैंकमा करिब दुई दशक लामो अनुभव रहेको छ। उनले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा सेवा सुरु गरेका थिए र आफ्नो व्यावसायिक दक्षता तथा कार्यसम्पादनका आधारमा क्रमशः उपनिर्देशक, निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

advertisement

कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभाग जस्ता महत्वपूर्ण निकायको नेतृत्व गरेका थिए। साथै, उनले राष्ट्र बैंकको केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्।

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com