काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आइतबार राति नम्बर नखुलेको सवारीले ठक्कर दिँदा १९ वर्षीय बिराज थामीको मृत्यु भएको छ। उनी दोलखाको भिमेश्वर नगरपालिका–१ घरका हुन्।
घटनापछि घाइते अवस्थामा बिराजलाई जडिबुटीबाट पेप्सिकोला तर्फको सडकमा फेला पारिएको थियो र प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो। उपचारको क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।
एसपी सुवेदीका अनुसार बिराजको टाउकोमा चोट लागेको थियो। ठक्कर दिने सवारीको पहिचान अहिलेसम्म हुन सकेको छैन र नम्बर प्लेट पत्ता लगाउने प्रयास भइरहेको छ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया