काठमाडौं। हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका बलेलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा ५ दिन हिरासतमा राख्न अनुमति दिइएको हो ।

advertisement

प्रहरीका अनुसार ती किशोरीले सामाजिक सञ्जाल फेसबुकमार्फत करिब एक वर्षअघि बलेले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

जिल्ला प्रशासन कार्यालयले दिएको ५ दिनको हिरासत अवधिमा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने भएको छ ।

यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com