काठमाडौं। इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित रहन आग्रह गर्दै नेपाली दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्न दुई जना कूटनीतिक कर्मचारीको मोबाइल नम्बर सार्वजनिक गरेको छ ।
इजरायलस्थित नेपाली राजदूतावासले विभिन्न स्थानमा रहेका नेपालीहरुलाई संयमित भई सतर्क र सुरक्षित रुपमा बस्न अनुरोध गरेको छ । आपतकालीन अवस्थामा दूतावासको सहयोगका लागि द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ र तृतीय सचिव सञ्ज कुमार शाहलाई सम्पर्क गर्न भनिएको छ ।
दूतावासले सार्वजनिक गरेको सम्पर्क नम्बर यस प्रकार छ :
- द्वितीय सचिव कुमार बहादुर श्रेष्ठ : +९७२–५३५३६०७४८
- तृतीय सचिव सञ्ज कुमार शाह : +९७२–५४५५८२०७७
दूतावासले नेपाली नागरिकहरुलाई इजरायलको होम फ्रन्ट कमाण्ड लगायत सरकार र आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशन पूर्ण रुपमा पालना गर्न पनि आग्रह गरेको छ ।
यो कदम हाल मध्यपूर्वमा जारी तनाव र द्वन्द्वका कारण नेपाली नागरिकहरुको सुरक्षा सुनिश्चित गर्न दूतावासले चालेको पूर्वतयारीका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया