वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम भण्डारको पूरै ख्याल राखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युद्धविराम घोषणा भएको भोलिपल्ट मंगलबार एएफपीसँगको अन्तर्वार्तामा ट्रम्पले यो कुरा बताएका हुन् । युरेनियम आणविक हतियार निर्माणका लागि मुख्य तत्त्व मानिन्छ र इरानसँग प्रशस्त मात्रामा युरेनियम भण्डार रहेको विश्वास गरिन्छ ।
ट्रम्पले भने, “इरानको युरेनियमको पूरै ख्याल राखिने छ ।”
इरान युद्धको क्रममा युरेनियम भण्डार नै प्रमुख चिन्ताको विषय बनेको थियो । गत महिना वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले उक्त युरेनियम सुरक्षित गर्न सैन्य कारबाही गर्ने विकल्पबारे विचार गरिरहेको उल्लेख गरेको थियो । तर, अन्तिम निर्णय भने गरिएको थिएन ।
युद्धविरामपछि ट्रम्पले युरेनियम भण्डारको सुरक्षा र ख्याल राखिने स्पष्ट सन्देश दिएका छन् ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया