काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको १० बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफू तत्कालीन समयमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता रहेको स्मरण गराउँदै उक्त सहमति कुनै पनि हालतमा फेरबदल गर्न नहुने स्पष्ट पारे।

advertisement

उनले फागुन २१ मा सम्पन्न निर्वाचनले पुराना राजनीतिक प्रवृत्तिहरू विस्थापित गर्दै नयाँ पुस्ताको उदय भएको दाबी गरे।

खरेलले नेपालको राजनीतिमा नेतृत्व र राजनीतिको परिभाषा नै परिवर्तन भइरहेको उल्लेख गर्दै त्यस परिवर्तनको नेतृत्व रवि लामिछानेले गरेको जिकिर गरे।

‘राजनीति र नेतृत्वको परिभाषा बदलिएको छ,’ उनले भने, ‘यो परिवर्तनको प्रतीकका रूपमा रवि लामिछानेको उदय भएको छ।’

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com