धनगढी । बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो।

सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। उनले भने, ‘सुरेन्द्र बितिसक्यो, अरु स्थानीयहरु घाइते छन्। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।

advertisement

उनकाअनुसार गोली चलेपछि दर्जनौ बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्। घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ। मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले भने मतपेटिका खोस्न आएपछि झडपको स्थिति सिर्जना भएको बताए । उनले भने, ‘मतपेटिकाको सुरक्षा गर्न र स्थिती नियन्त्रणका लागी गोलि चलाउनु पर्ने अबस्था सिर्जना भयो ।’

जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको पनि प्रवक्ता रावलले बताए ।

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com