काठमाडौं । जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिका अन्तर्गत मेयर खोलानजिक दुर्घटनामा परेको छ।

गए राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र हिमा गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिएका छन्।

advertisement

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्, उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com