काठमाडौं। नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले कास्की जिल्ला भेलामा दिएको अभिव्यक्तिले पार्टीभित्र तीव्र तरंग उत्पन्न भएको छ ।
पोखरामा आयोजित जिल्ला भेलामा बादलले सदनको पहिलो बैठकमा आफूले दिएको अभिव्यक्तिले पार्टीभित्र र बाहिरका दक्षिणपन्थी तत्वहरू एक्सपोज भएको दाबी गरेका थिए ।
उनको उक्त भनाइपछि एमालेका विभिन्न तहका नेताहरू पक्ष र विपक्षमा खुलेर धारणा सार्वजनिक गर्न थालेका छन् ।
यही क्रममा एमाले उपमहासचिव योगेश भट्टराईले छोटो कवितात्मक शैलीमा बादलप्रति व्यंग्यात्मक कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मुसलधारे वर्षा भयो, जबज निथ्रुक्कै भिज्यो, मदन तीन छक्क पर्नुभयो हामी हेरेको हेर्यै भयौं !
स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ ।”
यो प्रतीकात्मक अभिव्यक्तिमार्फत योगेश भट्टराईले बादलको अभिव्यक्तिलाई व्यंग्य गर्दै पार्टीभित्रको वर्तमान अवस्थाप्रति संकेत गरेको देखिन्छ ।
उनको कटाक्षले एमाले पार्टीपंक्तिमा थप चर्चा र बहस उत्पन्न गरेको छ ।
बादलको अभिव्यक्तिपछि सुरु भएको यो आन्तरिक छलफल र व्यंग्यप्रतिको प्रतिक्रियाले नेकपा एमालेमा आन्तरिक मतभेद र वैचारिक बहसलाई नयाँ रूप दिइरहेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया