काठमाडौं । केपी शर्मा ओली हिरासतबाट मुक्त भएपछि आफूविरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाण नपुगेकै कारण रिहा भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। साथै, आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

advertisement

प्रहरी हिरासतमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने सुरक्षाकर्मीहरू तथा उपचारमा संलग्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन्।

ओलीले आफ्नो रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि भएको दमनप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनीहरूको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने उल्लेख गर्दै यदि राज्यले बेवास्ता गरे पार्टीले नै जिम्मा लिने बताएका छन्।

स्वास्थ्य अवस्था अनुकूल नभएकाले केही दिन अस्पतालमै बसेर उपचार जारी राख्ने पनि उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com