काठमाडौं। धादिङ जिल्लाको गल्छी गाउँपालिका-३ छतिनटारमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गल्छी-३ का २८ वर्षीय रवि पोखरेललाई बुधबार दिउँसो पक्राउ गरिएको हो । पीडित महिलाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले उनलाई घटनास्थल छतिनटारबाटै नियन्त्रणमा लिएको थियो ।

advertisement

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका पोखरेलमाथि थप कानुनी कारबाही अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले घटनाबारे थप प्रमाण संकलन र अनुसन्धान भइरहेको जनाएको छ ।

यो घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ । प्रहरीले पीडित महिलाको सुरक्षालाई ध्यान दिई अनुसन्धानलाई तीव्रता दिएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com