काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागर सम्मेलन २०२६ मा सहभागी हुन मौरिसस प्रस्थान गरेका छन्।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा बिहीबार उनी त्यसतर्फ गएका हुन्।
उक्त सम्मेलन पोर्ट लुइसमा चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदैछ। इन्डिया फाउन्डेसनले मौरिसस सरकारसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो। परराष्ट्रमन्त्री खनालले सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
सम्मेलनको साइडलाइनमा मन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम समेत रहेको छ।
परराष्ट्रमन्त्री खनाल चैत ३० गते स्वदेश फर्कने कार्यतालिका रहेको जनाइएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया