काठमाडौं । मुगुका एक नगरपालिका र तीन गाउँपालिकामा रहेका ६६ मतदान केन्द्रमध्ये छायानाथ रारा नगरपालिकाका मतदान केन्द्रका मतपेटिका मात्रै आजै सदरमुकाम ल्याइने भएको छ ।

खत्याड गाउँपालिका, सुरु गाउँपालिका र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलनै सदरमुकाम ल्याइने भएको छ।

सुरुमा हेलिकोप्टरको व्यवस्था गरिने भनिए पनि विशेष कारणले हेलिकोप्टरको व्यवस्थापन हुन नसक्दा खत्याड, सोरु र मुगम कार्मारोङ गाउँपालिकाका मतपेटिका पैदलै ल्याउनु परेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए ।

खत्याड गाउँपालिकाको धेरैजसो मतदान केन्द्रबाट सदरमुकाम पुग्न एकदेखि दुई दिन पैदल हिँड्नुपर्ने बाध्यता छ ।

त्यस्तै मुगम कार्मारोङ गाउँपालिकामा रहेका सबैजसो मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन एकदेखि तीन दिनसम्म लाग्न सक्छ ।

 

प्रकाशित मिति: ४ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com