काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। बिहीबार निगमले पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ बढाएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य २१९ रुपैयाँ पुगेको छ भने डिजेल/मट्टीतेल २०७ रुपैयाँ कायम भएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०१० रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले आइतबार मात्र पेट्रोलियम पदार्थमा लाग्ने भन्सार तथा पूर्वाधार विकास शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो। तर उक्त छुटपछि पनि निगमको घाटा पूर्ति हुन नसकेको भन्दै मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया