काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

नेपालको संविधानको धारा ९५ अनुसार उहाँले दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ।

advertisement

संविधानको धारा ९५(२) मा प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

संघीय संसद् सचिवालयले सम्बोधन हुने बैठकका लागि सदस्यहरूलाई दिउँसो २:४५ बजेसम्म उपस्थित भइसक्न सूचित गरिसकेको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com