काठमाडौँ । उपसभामुखको निर्वाचन आज हुँदैछ। दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने कार्यसूची रहेको छ।
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।
उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संघीय संसद् सचिवालयमा सम्पन्न भएको थियो।
रुवी कुमारी ठाकुरको उम्मेदवारीमा आर्यन राई प्रस्तावक तथा अशोककुमार चौधरी र अम्बिकादेवी निरौला समर्थक रहेका छन्।
त्यसैगरी, सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक तथा खुश्वु ओली, ताहिर अली र भरत गिरी समर्थक रहेका छन्।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया