काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको उपचारका क्रममा निधन भएको छ। अप्रिलको सुरुआततिर आक्रमणमा परी गम्भीर घाइते भएका खराजीलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

इरानी सञ्चारमाध्यमहरूले उनको निधनबारे समाचार सार्वजनिक गरेका छन्, जसलाई बीबीसी ले पनि पुष्टि गरेको  छ।

advertisement

खराजी इरानको सत्ता राजनीतिमा सुधारवादी धारका प्रभावशाली नेताका रूपमा चिनिन्थे। उनी स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स का प्रमुख तथा इरानका सर्वोच्च नेता अली खामेनेई का सल्लाहकारका रूपमा समेत कार्यरत थिए।

उनले सन् १९९७ देखि २००५ सम्म इरानको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

सुधारवादी धारको समर्थन गर्ने ‘जामरान न्युज’ का अनुसार, अप्रिल १ मा तेहरानस्थित उनको निवासलाई लक्षित गर्दै आक्रमण गरिएको थियो, जसमा खराजी गम्भीर घाइते भएका थिए। सोही आक्रमणमा उनकी पत्नीको पनि मृत्यु भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com