काठमाडौं  ।  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय आन्तरिक शक्ति संघर्ष तीव्र बन्दै गएको छ। उपसभामुख पदको विषयलाई लिएर सभापति लामिछाने र  काठमाडौं महानगरका पुर्व मेयर तथा वर्तमान सरकारका प्रधानमन्त्री बालेन शाह बीच मतभेद देखिन थालेपछि पार्टीभित्र यता-उता अवस्था सिर्जना भएको चर्चा चल्न थालेको हो।

स्रोतका अनुसार, सभापति रवि लामिछाने ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उपसभामुख दिने अनौपचारिक वाचा गरेका थिए। तर, बालेन शाहले भने उक्त पद श्रम संस्कृति पक्षलाई दिनुपर्ने अडान लिएका छन्। शाहको यस अडानपछि  पार्टीभित्रको शक्ति सन्तुलनमा असर परेको विश्लेषण गरिएको छ।

advertisement

पार्टीभित्रका एक नेताले नाम नबताउने सर्तमा भने, सभापति र बालेनबीच सहमति नहुँदा निर्णय प्रक्रिया प्रभावित हुन थालेको छ। यसले भविष्यमा थप विवाद निम्त्याउन सक्छ , उनले भने ।

रास्वपाले हालसम्म औपचारिक रूपमा यस विषयमा कुनै धारणा सार्वजनिक नगरे पनि आन्तरिक छलफल तीव्र बनेको बताइएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, नयाँ शक्ति रूपमा उदाएको रास्वपामा यस्तो विवाद बढ्दै गए पार्टीको एकता र रणनीतिमा असर पर्न सक्छ।

उपसभामुख चयनको विषय अब केवल पद बाँडफाँटमा सीमित नभई पार्टीभित्रको नेतृत्व र प्रभावको परीक्षणको रूपमा समेत हेरिन थालिएको छ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com