काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धोका नदिएको स्पष्ट पारेका छन् ।

सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रविले उपसभामुख चयन प्रक्रियामा राप्रपालाई धोका नदिएको बताएका हुन् ।

advertisement

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपाबाट आफूहरूलाई धोका भएको प्रतिक्रिया दिएपछि रविले जवाफ दिएका थिए । उनले भने, “राप्रपासँग राजनीतिक संवाद हुने नै छन् ।

यस विषयमा सबै दलहरूसँग संवाद भएको हो । धोका भन्दा पनि कहिलेकाहीँ अन्तिम समयमा हामीले सही निर्णय गर्ने बेला अन्य फ्याक्टरहरूले पनि काम गर्छन् ।

त्यस्तो केही होइन, राप्रपालाई धोका होइन ।”

रवि लामिछानेले आगामी दिनमा राप्रपासँग धेरै क्षेत्रमा सहकार्य गर्न सकिने ठाउँ रहेको पनि बताएका छन् ।

उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवि कुमारी ठाकुरलाई समर्थन गर्ने रास्वपाको निर्णयपछि राप्रपामा असन्तुष्टि देखिएको थियो ।

रविको यो भनाइले दुई पार्टीबीचको सम्बन्धमा देखिएको तनाव कम गर्ने प्रयास गरेको देखिन्छ ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com