काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले आफ्नै पार्टीकी सांसद रूबीकुमारी ठाकुर लाई ‘बहिनी’ भनेर सम्बोधन गरिएकोप्रति आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त शब्द प्रयोग नगर्न आग्रह गर्दै त्यस्तो सम्बोधन अभिलेखबाट हटाउन माग गरेका हुन्।
उनले संसद् जस्तो औपचारिक र मर्यादित स्थलमा व्यक्तिगत सम्बन्ध झल्किने शब्द प्रयोग गर्नु उपयुक्त नभएको उल्लेख गरे। ‘यहाँ कसैलाई बहिनी, नातिनी, बाजे वा मामा–भान्जा भनेर सम्बोधन गर्ने चलन हुन हुँदैन,’ उनले भने।
साम्पाङले संसद्मा सबै सदस्यबीच समानता र पारस्परिक सम्मान कायम हुनुपर्नेमा जोड दिँदै मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार












प्रतिक्रिया