काठमाडौ । प्रतिनिधिसभाका विषयगत समितिहरूका सभापतिको चयन आगामी वैशाख ४ गते गरिने भएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले सो दिन समिति सभापतिहरूको निर्वाचन हुने जानकारी दिएका हुन्।
बैठकमा सबै १० वटा विषयगत समिति गठन भइसकेको पनि जानकारी दिइएको थियो।
प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया