काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ गराएका हुन्।

advertisement

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए। उनले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्रीको जिम्मेवारी दिएका हुन्।

यसअघि हिजो मात्र श्रम मन्त्रालय सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए। उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका छन्।

रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी–४ बाट प्रतिनिधित्व गर्ने सांसद हुन्।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com