काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठको कार्यशैलीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी गरेका छन्।

शुक्रबार राति १०:०६ बजे गरिएको एक पोस्टमा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता सचिव श्रेष्ठले मन्त्रालयको मर्म र भावना अनुसार उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गरेका छन्।

advertisement

उनका अनुसार सचिव श्रेष्ठले कुनै गुनासो नगरी अबेर रातिसम्म र ओभरटाइम समेत बसेर काम गर्ने गरेका छन्, जसका लागि उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले कहिले कार्यालयमै बसेर काम गरिरहेको तस्बिर सार्वजनिक गर्ने र कहिले रातभर प्रहरी प्रधान कार्यालयमा बैठक गर्ने गरेको भन्दै सचिव श्रेष्ठको समर्पणको पनि प्रशंसा गरेका छन्।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com