काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित भाडादर लागू गरिएको जानकारी दिएको हो।

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिर सञ्चालन हुने सवारी साधनका लागि दूरीका आधारमा फरक–फरक भाडा निर्धारण गरिएको छ।

advertisement

काठमाडौँ उपत्यकाभित्र लागू हुने नयाँ भाडादर

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीअनुसार भाडा समायोजन गरिएको छ, जसअनुसार अब न्यूनतम भाडा २४ रुपैयाँ कायम गरिएको छः

  • ० देखि ५ किलोमिटरसम्म: २४ रुपैयाँ
  • ० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
  • ० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
  • ० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
  • २० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ

यसैबीच, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९ साल वैशाख १ गतेदेखि लागू भएको पुरानै भाडादर यथावत रहने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com