एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल इस्लामाबाद पुगेको छ। इरानसँग हुने महत्वपूर्ण वार्ताका लागि उक्त टोली पाकिस्तान आएको हो।
बीबीसीका अनुसार जेडी भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबाद विमानस्थलमा अवतरण भइसकेको छ।
करिब २१ वर्षपछि कुनै अमेरिकी उपराष्ट्रपतिको पाकिस्तान भ्रमण भएको हो। यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनी ले पाकिस्तानको भ्रमण गरेका थिए।
वार्तामा सहभागी हुन भान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ तथा राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि इस्लामाबाद पुगेका छन्।
यसैबीच, मोहम्मद बगर गालिबाफ को नेतृत्वमा इरानी प्रतिनिधिमण्डल भने यसअघि नै इस्लामाबाद पुगिसकेको छ। वार्तालाई लक्षित गर्दै शहरमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया