काठमाडौं। काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ७१९ जना चालक ट्राफिक प्रहरीको कारबाही मा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लङ्घन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई ट्राफिक प्रहरीको कारबाही गरिएको छ ।

advertisement

त्यस्तै, लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक हर्न बजाउने ४६ जना र निर्धारित स्थानमा यात्रु चढाउने/ओराल्ने नियम उल्लङ्घन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ९३ जना समेत कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरेको जनाएको छ ।

यो तथ्यांकले काठमाडौं उपत्यकामा ट्राफिक नियम पालना नगर्ने चालकहरूको संख्या अझै उच्च रहेको देखाएको छ ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com