काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध हुने कुनै पनि प्रकारको छानबिन सामना गर्न तयार रहेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कम्युनिस्ट पार्टी का संयोजक दाहालले आफ्नो कार्यकालमा भएका निर्णयहरूको जिम्मेवारी लिन तयार रहेको स्पष्ट पारे।

advertisement

उनले आफूले गरेका निर्णयहरू पारदर्शी रहेको दाबी गर्दै त्यसबारे हुने छानबिनबाट डराउनुपर्ने कुनै कारण नरहेको बताए। ‘मैले आफ्नै कार्यकालमा भएका निर्णयहरूको जिम्मा लिएको छु, त्यसबारे हुने सम्पूर्ण छानबिनका लागि म तयार छु,’ उनले भने।

वर्तमान सरकारको कामकारबाहीबारे सोधिएको प्रश्नमा उनले अहिले नै टिप्पणी गर्ने समय नभएको प्रतिक्रिया दिए।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com