काठमाडौं । गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्, जहाँ उनलाई नेपाल प्रहरी शिक्षालयमा औपचारिक स्वागत गरिएको छ।
उनको स्वागतका लागि बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी, शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारादेवी थापा तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालासहितका उच्च अधिकारी उपस्थित थिए।
भरतपुर पुगेलगत्तै मन्त्री गुरुङले शिक्षालयको अवस्था र गतिविधिबारे जानकारी लिँदै प्रहरी अधिकृतहरूसँग संक्षिप्त संवाद गरेका थिए। उनको यो भ्रमण सुरक्षा निकायको मनोबल अभिवृद्धि गर्ने तथा स्थानीय सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले गरिएको मानिएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया