काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ मा नियमित गस्तीमा रहेको प्रहरी टोलीले स्रोत नखुलेको रु ८ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन् । भारतबाट मोटरसाइकलमा आएका उनीहरूको खानतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया