काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘न्यु इयर अफर’ सार्वजनिक गरेको छ। सरकारी स्वामित्वको यस दूरसञ्चार कम्पनीले प्रिपेड र पोस्टपेड दुवै मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष डाटा प्याकेजहरू ल्याएको हो।

यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका प्याकेज उपलब्ध गराइएको छ। टेलिकमका अनुसार ‘न्यु इयर लाइट’ प्याकेजमा ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा प्रयोग गर्न पाउनेछन्।

advertisement

दैनिक ५ जीबी डाटाको सीमा सकिएपछि पनि इन्टरनेट सेवा बन्द हुने छैन। त्यसपछि ग्राहकले २ एमबीपीएसको गतिमा महिनाभर अनलिमिटेड डाटा चलाउन सक्नेछन्। त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि ‘न्यु इयर प्रिमियम’ प्याकेज ल्याइएको छ, जसको मूल्य ६९९ रुपैयाँ रहेको छ। यस प्याकेजमा दैनिक १० जीबी डाटा उपलब्ध हुनेछ र सीमा नाघेपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न पाइनेछ।

यो विशेष अफर चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। दुवै प्याकेजको वैधता अवधि ३० दिनको हुनेछ। पोस्टपेड प्रयोगकर्ताका हकमा भने प्याकेज खरिद गर्दा त्यसको शुल्क मासिक रेन्टलमै समावेश हुने टेलिकमले जनाएको छ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार नयाँ वर्षको अवसरमा ग्राहकलाई सुलभ र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

इच्छुक ग्राहकहरूले आफ्नो मोबाइलबाट 141511# डायल गरी आफूअनुसारको प्याकेज छनोट गर्न सक्नेछन्। साथै, ‘नेपाल टेलिकम एप’ मार्फत पनि सजिलै यी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com