काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी हटाउन शल्यक्रिया सुरु गरिएको छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ र प्रक्रिया जारी छ। शल्यक्रिया सम्पन्न भएपछि अस्पतालले औपचारिक विवरण सार्वजनिक गर्ने जनाइएको छ।
अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सकहरूको टोलीले ओलीको पित्तथैलीमा रहेको करिब २२ मिलिमिटरको पत्थरी निकाल्नेछ।
यसअघि जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले ओलीलाई चैत १३ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया