काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता कसैले पनि खारेज गर्न नसक्ने बताएका छन् ।

कार्यवाहक सभापतिको हैसियतमा सोमबार विज्ञप्ति जारी गर्दै खड्काले नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्र नभई पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा भएको उल्लेख गरेका छन् ।

advertisement

‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो,’ खड्काले भनेका छन्, ‘पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरुको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।’

खड्काले पार्टीको आन्तरिक विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले महाधिवेशन घोषणा गर्नु वदनियतपूर्ण भएको बताएका छन् ।

साथै उनले २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न हुनेगरी १५ औं महाधिवेशनको कार्यतालिका सम्पन्न भइसकेको अवस्थामा सोही महाधिवेशनको कार्यतालिकाको समयसीमा भित्र रही नवीकरण तथा वितरण भएका क्रियाशील सदस्यता खारेज भयो अब फेरि अद्यावधिक गर्नेले मात्र महाधिवेशनमा भाग लिन पाउँछन् भन्नु सरासर अवैधानिक, पूर्वाग्रही र आपत्तिजनक रहेको पनि उल्लेख गरेका छन् ।

यो भनाइले नेपाली कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद थप चर्किने देखिएको छ ।

 

 

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com