काठमाडौं। देशका विभिन्न स्थानमा सोमबार तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको नालीमा सोमबार एक पुरुषको शव भेटिएको छ ।
मृतक सोही नगरपालिका–३ डाँडाकोट बस्ने ४२ वर्षीय मनबहादुर सार्की रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार एक पुरुष मृत फेला परेका छन् ।
अन्दाजी ५० वर्षीय ती पुरुषको हालसम्म नाम, थर र ठेगाना खुलेको छैन ।
यता, कैलालीको जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा कुलरिया सिँचाइको नहरमा सोमबार अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
अन्दाजी ३५ वर्षीय ती पुरुषको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
तीनै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया