काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत स्पष्ट रहेको बताएका छन्।

मोरिसस भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्पत्तिको स्रोतबारे कुनै अस्पष्टता नरहेको दाबी गरे। उनले भने, ‘आम्दानीका स्रोत प्रष्ट छन्, कसैले छानबिन गर्न चाहे स्वाभाविक रूपमा गर्न सक्छ।’

advertisement

उनका अनुसार चार वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्री तथा सांसदहरू विभिन्न पेशागत पृष्ठभूमिबाट आएका कारण उनीहरूको आम्दानी हुनु स्वाभाविक हो।

उनले आफ्नो पार्टी सुरुदेखि नै सुशासन र पारदर्शिताको पक्षमा रहेको उल्लेख गर्दै अघिल्लो गठबन्धन सरकारमा सहभागी हुँदा पनि पार्टीका सांसदहरूले सम्पत्ति विवरण सार्वजनिक गरेको स्मरण गराए।

प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरिएको थियो।

प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com